काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनाको र सीमा नाकामा गरिएको एन्टिजेन टेष्टमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।