बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जापानमा फेरि संकटकाल घोषणा, नागरिक थप त्रास !
भर्खरै

जापानमा फेरि संकटकाल घोषणा, नागरिक थप त्रास !

  • सिधा दृष्टी शनिबार, बैशाख ११, २०७८ | April 24, 2021

एजेन्सी । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड- १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गर्नुभएको छ । प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गर्नुभएको थियो । शुरुका महिनाहरुमा यहाँ यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो ।

तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु

देखिएपछि भने यहाँ महामारी तिब्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस भन्ने उद्देश्यले यहाँ संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गर्नुभएको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ ।

यहाँ संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।

दोस्रो पटक पनि यहाँ संकटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय