शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • ‘माक्सको प्रयोग अनिवार्य गरौँ’ भन्दै ट्राफिक प्रहरीद्वारा सचेतनामूलक अभियान
Uncategorized

‘माक्सको प्रयोग अनिवार्य गरौँ’ भन्दै ट्राफिक प्रहरीद्वारा सचेतनामूलक अभियान

  • सिधा दृष्टी शनिबार, बैशाख ११, २०७८ | April 24, 2021

ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्य रूपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्य रूपमा माक्सको प्रयोग गर्न आग्रह गर्दै शुक्रबारदेखि सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक सवारी साधनमा कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । ‘हामीले महाशाखासहित काठमाडौं उपत्यकाका ४३ वटै

ट्राफिक कार्यालयलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ’, उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरीले सडकमा बसेर पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको हो । पछिल्लो समय नेपालमा दैनिक दुई हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकामा १० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय