शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मोडेल ग्यालरी
  • बलिउड अभिनेता अजयले सुपरहिरोबाट हात झिके
मोडेल ग्यालरी

बलिउड अभिनेता अजयले सुपरहिरोबाट हात झिके

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

मुम्बई । केही समयअघिदेखि सञ्चारमाध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । फिल्ममा उनी सुपरभिलेन चरित्रमा देखिने चर्चा थियो ।

बलिउडलाइफमा प्रकाशित समाचारअनुसार व्यस्त समय तालिका भएपछि अजयले यो फिल्मबाट हात झिकेका छन् । बलिउडका अहिलेका व्यस्त कलाकार अजयको हातमा फिल्मको सूची नै छ । त्यहीकारण उनले यो सुपरहिरो फिल्ममा समय दिन नसकेको उनी निकट स्रोतले बताएको छ ।

अजयको हातमा अहिले ७ देखि ८ फिल्म छन् । जसमध्ये केहीको छायांकन पुरा भइसकेको

छ भने केहीको पुरा हुन बाँकी छ ।

निकै लामो समयदेखि रोकिएको यो फिल्ममा अभिनेता चंकी पाण्डेका भतिज अहान पाण्डे डेब्यू गर्दैथिए । जसको बजेट १ सय ८० करोड रुपैंयाँ थियो । अजयले समय दिएको भए यो फिल्ममा अहानको द्वन्द्व अजयसँग हुने निश्चित थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय