बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओलीले गठन गरे नयाँ स्थायी कमिटी, नेपाल पक्षका नेता अटाएनन्
भर्खरै

ओलीले गठन गरे नयाँ स्थायी कमिटी, नेपाल पक्षका नेता अटाएनन्

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् ।

स्थायी कमिटीमा नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु रामबहादुर थापा बादलसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालाई समावेश गरे पनि नेकपा एमालेकै माधव नेपाल समूहका नेतालाई समावेश गरेका छैनन् ।

स्थायी किमटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, मणि थापा, विष्णु रिमाल,

छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो ।बिहीबार नै नेता माधवकुमार नेपालसँग पनि ओलीले छलफल गरेका थिए । तर नेपालले ओलीसँगको वार्तापछि सहमतिको कुनै संकेत नदेखेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय