आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • फागुन भित्रै स्थानीय तहको चुनाव हुने प्रधानमन्त्री ओलीको दाबी
भर्खरै

फागुन भित्रै स्थानीय तहको चुनाव हुने प्रधानमन्त्री ओलीको दाबी

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताएका छन् । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोलेका हुन् ।प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

बैठकबाट

नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय