सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतको मुम्बई स्थित कोरोना अस्पतालमा आगलागी, १३ जना बिरामीको मृत्यु
भर्खरै

भारतको मुम्बई स्थित कोरोना अस्पतालमा आगलागी, १३ जना बिरामीको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन ।

यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना

संक्रमितको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय