• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • आवश्यकता अनुसार योजना छनौट गर्न अर्थमन्त्री पौडलको आग्रह
भर्खरै

आवश्यकता अनुसार योजना छनौट गर्न अर्थमन्त्री पौडलको आग्रह

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021
yoho2

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेको छन् । आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्यांकन, स्रोत व्यवस्थापनलगायत आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताए ।

संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै

Real Shoes 1

जनतामा विकासका आकांक्षा पनि बढेको र सीमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिएपनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको उनको भनाइ छ । वित्तीय संघीयतालाई समृद्ध पार्न आवश्यक भएको भन्दै यसकार्यमा सहयोग गर्न अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहलाई आग्रह गरे । बैठकमा अधुरा तथा वहुवर्षिय आयोजनालाई उच्च प्राथमिकता साथ सम्पन्न गर्ने, वित्तीय अनुशासन र कानुनको परिपालन एवं मितव्ययिता कायम गर्ने, तीन तहबीचको वित्तीय प्रतिवेदन प्रणालीलाई एकीकृत गरी गर्ने विषयमा छलफल भएको थियो ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा तीन तहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाहरुको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा स्रोत परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा प्रदेश र स्थानीय तहका पदाधिकारीहरुले हालको अनुदान वितरण प्रणालीमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहसँगको समन्वयमा आयोजनाहरु छनौट गर्दा त्यस्ता आयोजनाको कार्यान्वयनमा सहजता हुने धारणा व्यक्त गरेका थिए ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, प्रदेशका सचिवहरु, विज्ञ, स्थानीय तहका जनप्रतिनिधिहरु लगायत सहभागी भए ।

 

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • १0 घन्टा अघि