शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड
भर्खरै

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि (सोमबार) वैशाख ९ मा भारतमा दोस्रो धेरै ३ लाख १५हजार ८०२ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३६ लाख ४१ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २५६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय