आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त
भर्खरै

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा पुरुष १२९, महिला २४ र विदेशी अधिकृत क्याडेट ४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले शिक्षार्थी तथा अभिभावक सबैलाई बधाई ज्ञापन गर्दै निकट भविष्यमा नै आयुक्त पद प्राप्त गर्ने शिक्षार्थीलाई प्रतिष्ठानमा सिकेका ज्ञानलाई व्यवहारमा

उतार्न र कुशल नेतृत्वका लागि शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा शैक्षिक अध्यापनतर्फ प्रथम, द्वितीय, तृतीय र एकेडेमीका विभिन्न विधामा उत्कृष्ट अङ्क हासिल गर्ने क्याडेटलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय