आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान
भर्खरै

भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान

  • सिधा दृष्टी शुक्रबार, बैशाख १०, २०७८ | April 23, 2021

भारत सरकारले नेपालका गैरनाफामूलक सङ्घसंस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र ६ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो ।

768px) 100vw, 768px" srcset="https://www.ghatanarabichar.com/wp-content/uploads/2021/04/15-ppprrr-768x255.jpg 768w, https://www.ghatanarabichar.com/wp-content/uploads/2021/04/15-ppprrr.jpg 800w" alt="" width="768" height="255" />

हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय