कपिलवस्तुको धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित कपिल आरोग्य मन्दिर कपिलधाममा संस्कृत विद्यापीठ सञ्चालनमा आएको छ ।
बिहीबार (९ वैशाख) आयोजित एक कार्यक्रमका बीच कपिलधाममा पाँच विद्यार्थी भर्ना गरी कक्षा आरम्भ गरिएको धामका अध्यक्ष शंकरप्रसाद आचार्यले जानकारी दिनुभयो । यस वर्षका लागि जम्मा १३ जना विद्यार्थीको भर्ना लिने गरी संस्कृत विद्या आर्जनका लागि संस्कृत विद्यापीठ संचालन गरिएको हो ।
विद्यापीठमा अध्ययन गर्ने बटुकहरुका लागि पीठमै खाना र आवाससहित शिक्षा आर्जनको प्रबन्ध मिलाइएको छ ।
पछिल्लो समय कपिलधाम
आन्तरिक पर्यटकहरुको रोजाइको केन्द्रका रुपमा विकास हुँदै गएको छ भने जडिबुटी उत्पादन सँगै धार्मिक स्थलको रुपमा पनि विकास भएको छ । सोही क्रममा संस्कृत शिक्षाको विकास र नयाँ पुस्तामा संस्कृत विद्याको शिक्षा प्रदान गर्ने उद्देश्यसहित संस्कृत विद्यापीठ संचालन गरिएको धामका अध्यक्ष आचार्यले बताउनुभयो ।
कपिलमुनी वैद्धिक संस्कृत विद्यापीठको रुपमा सो पीठ संचालन गरिएको हो । एक शिक्षकको समेत व्यवस्था गरी बिहीबारदेखि नै कक्षा संचालन भएको जनाइएको छ ।