सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उद्योगी व्यवसायी एबं बैंकर्स थापा कांग्रेसमा प्रवेश
भर्खरै

उद्योगी व्यवसायी एबं बैंकर्स थापा कांग्रेसमा प्रवेश

  • सिधा दृष्टी बिहिबार, बैशाख ९, २०७८ | April 22, 2021

काठमाडौं ।  प्रसिद्ध उद्योगी व्यवसायी  एबं बैंकर्स शंभु बिक्रम थापा नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा का भाइ हुनुहुन्छ । आज नेपाली काङ्ग्रेस पार्टी सभापति एवम् सम्माननीय पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काङ्ग्रेस सहमहामन्त्री सुनिल बहादुर थापा र नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य विष्णु विक्रम थापाको उपस्थितिमा बांके निवासी राप्रपा केन्द्रिय सदस्य तेज नारायण कडेल र सिन्धुपाल्चोक जिल्लाका उद्योगपति एवम् सफल व्यवसायी, मेगा बैंकका पुर्व डाईरेक्टर, सिन्धु

ईन्भेस्मेन्ट कम्पनीका कार्यकारी निर्देशक, मिलारेपा इनर्जी प्रालिका प्रमुख एवम् नेपाल उद्योग वाणिज्य महासंघको ईनर्जी एण्ड ईन्भारोमेन्ट कमिटी सदस्य उध्योग ब्याबशायी श्री शम्भु विक्रम थापा लगायतका सयौ ब्यक्तिहरुलाइ नेपाली काङ्ग्रेसमा प्रवेश गराउनु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीका अनुसार आज नेपाली कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ मा पार्टी प्रवेश गर्नुहुने सबै जना सामाजिक , व्यावसायिक र राजनीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित ब्यक्ति हरु हुनु हुन्छ । उहाहरुको प्रवेश ले नेपाली कांग्रेस प्रति आम नेपाली जनताको भरोसा र बिश्वास बढ्दै गइरहेको संदेश प्रभाह भएको जानकारी केन्द्रीय सदस्य किरण गिरीले दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय