काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै लकडाउन हुने र पहिलेको जस्तै अभावले ग्रस्त हुने डरले उपत्यका बाहिरिनेको संख्या बढेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोभिड १९ बाट संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ । सामान्य अवस्थामा भन्दा अहिले दैनिक दुई गुणा बढी बस बाहिरिएको बस व्यवसायीले बताएका छन् ।
बाहिरिने यात्रुहरु उपत्यका भन्दा आफ्नै घर सुरक्षित रहेकाले फर्केको बताउँछन् । लामो दुरीका बसमा समेत कोरोना भाइरस संक्रमण हुन नदिन स्यानिटाइजर,
मास्क जस्ता न्यूनतम सावधानी नअपनाएको यात्रुहरुको गुनासो छ ।
व्यवसायीका अनुसार काठमाडौं– दाङ, बुटवल, विराटनगर, पोखरा लगायत अधिकांश स्थान प्रस्थान गर्ने यातायात भरिभराउ छन् ।