शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
भर्खरै

भरुवा बन्दुकसहित एक पक्राउ

  • सिधा दृष्टी बिहिबार, बैशाख ९, २०७८ | April 22, 2021

कैलालीमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका–७ बस्ने वीरबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–९ स्थित शिवशङ्कर सामुदायिक वनमा थापामगर र इन्द्रबहादुर विक शिकार खेल्न गएका बेला बन्दुक पड्केर ईन्द्रबहादुर विक घाइते भएका छन् ।

घाइते विकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताउनुभयो ।

पक्राउ परेका थापामगरमाथि हात हतियार खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी विषयमा मुद्दा दर्ता गरी

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय