मिडिया अलायन्स नेपालको सदस्य सञ्चार ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक भएको छ । विहीबार मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज कर्णिकारले प्रेस विज्ञप्ती जारी गर्दै अज्ञात स्रोतद्वारा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक भएको जानकारी गराएका हुन् ।
पछिल्लो समय गैर कानूनी रुपमा अबैधानिक तत्वहरुले मुलधारका लोकप्रिय च्यानल तथा छापा माध्यमहरुको अनलाइन पोर्टलहरुमा क्षति पु¥याउने काममा गरिरहेको उल्लेख गर्दै यस विषयमा प्राविधिक समाधानका लागि मिडिया अलाइन्स र सम्बन्धित सञ्चार गृह तदारुकता पूर्वक लागिपरेको जनाइएको छ ।
यसका साथै, अलाइन्स
मिडियाले यस विषयमा सम्बन्धित आधिकारिक संस्थाहरुको ध्यानाकर्षण गराउँदै गैर कानूनी रुपमा ‘यो हो टीभी’को युट्युव च्यानल ह्याक गर्ने कार्यमा संलग्न ब्यक्ति र संस्थाहरुलाई तत्काल छानविन तथा कारबाहीको लागि आग्रह पनि गरेको छ ।