शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पछिल्लो २४ घण्टामा नेपालमा थप २४ सय २८ कोरोना संक्रमित पुष्टि
भर्खरै

पछिल्लो २४ घण्टामा नेपालमा थप २४ सय २८ कोरोना संक्रमित पुष्टि

  • सिधा दृष्टी बिहिबार, बैशाख ९, २०७८ | April 22, 2021

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २३६५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

१० हजार १ जनाको पीसीआर र ४४७ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

यसैगरी २४ घण्टामा २५२ जना डिस्चार्ज भएका

छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार३४५ पुगेको छ । निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२,६९० पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय