सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
भर्खरै

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख ९, २०७८ | April 22, 2021

काठमाडौंको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका-२ सानो ठिमीतर्फ जाँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ गइरहेकाो वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सानोठिमी प्रहरी प्रभागअगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकलपछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया-५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौ.

उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय