काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ कार्यालयले आमाबुवा विहिन बालबालिका संरक्षण कार्यक्रममा सहभागी हुन सूचना जारी गरेको छ । वडा कार्यालयले वडाभित्र बसोवास गर्ने आमा बुवा नभएका १८ वर्ष उमेर नपुगेका बालबालिकालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो । वडाले सामाजिक विकास तर्फ आमाबुवा विहिन बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउनका लागि कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।
वडा कार्यालयले आगामी बैशाख १८ गते भित्र आवश्यक कागजात सहित वडा कार्यालयमा सम्र्पक गर्न वडा कार्यालयले आग्रह गरेको छ । कार्यक्रममा
सहभागी हुनका लागि जन्मदर्ताको प्रमाणपत्र , आमा बुवाको मृत्युदर्ताको प्रमाणपत्र वा आमाबुवा बेपत्ता भएको वा आमाबुवाको रेखदेखबाट बञ्चित भएको प्रमाणित कागजात ,विद्यालय भर्ना भइ नियमित विद्यालय जाने गरेको भन्ने विद्यालयको सिफारिस र संरक्षकको नागरिकताको प्रतिलिपि सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।