• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कर्णालीमा इन्टरनेट सेवा अवरुद्ध
भर्खरै

कर्णालीमा इन्टरनेट सेवा अवरुद्ध

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021
yoho2

हप्ता दिनदेखि कर्णालीका पाँच जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ। यही वैशाख २ गते दैलेख र कालीकोट सिमाना महावुलेकमा रहेको नेपाल टेलीकमको रेडियो लिङ्कमा चट्याङले हानेपछि इन्टरनेट अवरुद्ध भएको हो।

कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा इन्टरनेट सेवा नहुँदा सेवा लिने र दिने कार्यमा समस्या भएको छ। रेडियो लिङ्कमार्फत नेपाल टेलिकमले दिँदै आएको फोरजी सेवा र एडिएसएल सेवा अवरुद्ध भएपछि मुख्य गरी बैंक तथा वित्तीय सस्थाको सेवा प्रवाहमा समस्या परेको हो।

मुगुका पाँच वाणिज्य बैंक र दर्जन बढी अन्य सहकारीले

Real Shoes 1

आफ्नो वित्तीय सेवा एडिएसएलमार्फत दिँदै आएका थिए। यो सेवा अवरुद्ध भएपछि अहिले ती सस्थालाई नगद भुक्तानी, जम्मा, ऋण लगानी, किस्ता जम्मालगायत कार्यमा समस्या भएको वाणिज्य बैंक मुगुका प्रवन्धक हरिन्द्र बोहोरा बताउँछन्।

राष्टिय वाणिज्य बैंक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएलसहित मर्कनटाइलको कम्पनीको सेटेलाइट इन्टरनेट सेवा पनि राखेकोले बैंकमा आउने सेवाग्रहीले ढिलो भए पनि सेवा पाइरहेका छन् तर एनटिसी कै भरमा चलेका अन्य बैक तथा वित्तीय सस्थाले भने हप्ता दिन यताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन्।

टेलिकम मुगुका प्रमुख विशालकुमार देवकोटाले महावुमा बिग्रेको उपकरण मर्मत गर्न प्राविधिक टोली बुधबारै बिहान हिंडिसकेको बताए। उनले मौसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेक चढन समस्या आएकाले सेवा अवरुद्ध लम्बिए पनि बिहिबारसम्म अवरुद्ध इन्टरनेट सेवा सञ्चालनमा आउनेछ भने। गत चैत महिनाको १० गतेबाट पनि एक हप्तासम्म सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने

प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुऱ्याइ विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको

  • १0 घन्टा अघि
हिपत खबर
पर्यटन
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

कोरोना महामारीका कोरण दर्साउदै नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीको कारण दर्साउँदै अर्को सूचना नआउञ्जेलसम्मका लागि

  • १0 घन्टा अघि
हिपत खबर
बैँक / वित्त
निषेधाज्ञा अवधिमा बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

निषेधाज्ञा अवधिमा बैंकमा ५० हजार रुपैयाँभन्दा कम रकम जम्मा गर्न नपाइने भएको छ । नेपाल बैंकर्स सङ्घले आज विज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैयाँभन्दा कम रकम निक्षेप नलिने जानकारी दिएको छ ।

थोरै रकम जम्मा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको मृत्यु

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अध्यक्ष गैरको बिहीबार साँझ काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
ललितपुर सिटीलाई हराउँदै काठमाडौं रेजर्स फाइनलमा प्रवेश

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङमा १५ जेठसम्मका लागि निषेधाज्ञा लम्ब्याइयो

धादिङ । कोभिड–१९ सङक्रमण रोकथामका लागि धादिङमा जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आजको बैठकले उक्त निर्णय गरेको हो । यसअघि धादिङ

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
थप ८९६० कोरोना संक्रमित थपिए, २१४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रचण्डले बोलाए स्थायी कमिटीको बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा साँझ ५ बजे बैठक बस्ने स्थायी कमिटी सदसय गणेश साहले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
सगरमाथा आरोही दुई विदेशीको मृत्यु

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

विभागका निर्देशक मीरा आचार्यका अनुसार स्वीजरल्याण्डका आरोही अब्दुल वारिच आरोहण सकेर फर्कने क्रममा सेभेन समिटमा आइपुगेर

  • १३ घन्टा अघि