अर्वन डेभलपमेन्ट पब्लिक कम्पनीले मुलुकको सातवटै प्रदेशमा स्मार्ट सिटी निर्माण गर्ने अवधारणा ल्याएको छ ।
राजेन्द्र श्रेष्ठ अध्यक्ष रहनुभएको उक्त कम्पनीले राजधानीमा स्मार्ट सिटी बनाउने प्रयासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने अब काठमाडौंबाहिर ‘स्मार्ट सिटी’ निर्माण गर्ने तत्परता लिएको छ । स्मार्ट सिटी निर्माणका निम्ति उपयुक्त लोकेसन हेर्ने कार्य सबै प्रदेशमा भइरहेको भए पनि त्यसको थालनी प्रदेश २ बाट हुने बताइएको छ ।
प्राप्त जानकारीअनुसार त्यसनिम्ति प्रदेश २ को जनकपुरमा वैशाख महिनाभित्र एक वृहत अन्तरक्रियात्मक गोष्ठीको आयोजना
कम्पनीले गर्न लागेको छ र, पहिलो स्मार्ट सिटी निर्माणको कार्य पनि प्रदेश २ मा नै हुने सम्बद्ध कम्पनीले जनाएको छ ।