बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • केपी ओली र माधव कुमार नेपाल बीच भेटवार्ता, सञ्चारकर्मीसंग बोल्न डराए नेपाल
भर्खरै

केपी ओली र माधव कुमार नेपाल बीच भेटवार्ता, सञ्चारकर्मीसंग बोल्न डराए नेपाल

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट सकिएको छ ।

उनीहरुबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । पार्टी एकता जोगाउने विषयमा वार्ता केन्द्रित भएको जनाइएको छ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेका बेला दुई नेताबीच भेट भएको हो ।

दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा के विषयमा कुराकानी भयो बताइएको छैन । ‘म केही बोल्दिनँ’ अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्केका

नेपालले सञ्चारकर्मीसँग भने ।भेटपछि दुबै नेता प्रफुल्ल देखिएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोती दुगडले बताए । दुबै नेता बीचको भेटवार्ता सकारात्मक भएको उनले दाबी गरे ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । पार्टीका अध्यक्ष रहेका ओलीले माधव नेपालसहित ४ जना नेतालाई कारबाही गरेका छन् । ओलीको कारबाही पछि खनाल–नेपाल पक्षले भने सबै तहमा समानान्तर कमिटी गठन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय