काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नक्सा सम्बन्धी सम्पूर्ण कार्य बन्द गरेको छ ।
नगरपालिकाका प्राबिधिकहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले नक्सा सम्बन्धी सबै काम बन्द गरेको जनाएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै नक्सा सम्बन्धी कार्य मंगलबार देखि आगामी बैशाख २१ गते सम्मका लागि बन्द हुने जनाएको हो ।