काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।
डा। गौतमका अनुसार काठमाडौँ उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा
कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।