• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली कांग्रेस क्रियाशील सदस्य इण्ट्री बैशाख १५ सम्म मात्र
भर्खरै

नेपाली कांग्रेस क्रियाशील सदस्य इण्ट्री बैशाख १५ सम्म मात्र

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021
yoho2

किरण गिरी । आफ्नो सम्पुर्ण शक्ति र संगठन लाई नेपाली कांग्रेसले आगामी भाद्रमा हुन गइरहेको १४ महाधिवेशनमा केन्द्रित गरेको छ । आगामी मंसिरको दोस्रो हप्ता सम्म प्रतिनिधि सभाको निर्बाचन हुन सक्ने अनुमान लाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसको नेतृत्व रणनीतिक तयारीका साथ अगाडि बढ्न लागेको छ ।
नयाँ बर्ष २०७८ को शुभकामना सहित नेपाली कांग्रेस ७७ जिल्ला र १६५ वटै संघीय संसदीय निर्बाचन क्षेत्रबाट क्रियासदस्य संकलन र इण्ट्री अभियान लाई तिब्रता दिइरहेको छ ।
बैशाख – ६ गते

Real Shoes 1

अपरान्ह ३ :  ०० बजे सम्म्को क्रियाशील सदस्यहरुको पछिल्लो अध्याबधिक तथ्यांक :
कुल सदस्य :६ लाख ५ हजार ४ सय ३ जना ।
नयाँ सदस्य :  २ लाख ८६ हजार ६८ जना ।
नवीकरण :  ३ लाख १९ हजार ३ सय ३५ जना ।
नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ ।
क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।
सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएका देहायका प्रस्तावहरु बैठकले पारित गरेको छ । मुख्य सचिब कृष्ण प्रसाद पौडेल द्वारा जारी प्रेस बिज्ञापति अनुसारः
प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएको सम्बन्धमा
१. सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भत्र्सना गर्दछ ।

कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्ने बारे

२. बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ ।

साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ।
क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति सम्बन्धमा
३. नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ ।

४. क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।

५. सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने ।

६. अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा “अन्य राजनीतिक दल समायोजन समिति” को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका ९अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका० क्रियाशील सदस्यताका फारम बैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले बैशाख मसान्तभित्र केन्द्रमा पुर्‍याइसक्नु पर्ने र त्यसको कम्प्युटर “इन्ट्री” क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने ।

७. सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समय अघि मात्रै प्रकृया शुरु भएको हुनाले ती जिल्लाका हकमा २०७८ वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा “इन्ट्री” गरी सक्नु पर्ने ।
मुलुकको राष्ट्रीय राजनीतिको समग्र विश्लेषण र भाबी रणनीति बारेमा गहन छलफल गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न भयो ।

लेखक - नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • १0 घन्टा अघि