बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल हुँदै हवाईमार्गबाट तेस्रो मुलुक जाने भारतीयले एनओसी लिन नपर्ने
भर्खरै

नेपाल हुँदै हवाईमार्गबाट तेस्रो मुलुक जाने भारतीयले एनओसी लिन नपर्ने

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

काठमाडौँ । नेपाल हुँदै हवाईमार्गमार्फत तेस्रो मुलुक जाने भारतीय राहदानीवाहक नागरिकले अबदेखि काठमाडौंस्थित भारतीय राजदूतावासबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन नपर्ने भएको छ ।काठमाडौंस्थित भारतीय दूतावासले बुधबार सूचना जारी गर्दै अप्रिल २२ देखि जुन ११ सम्मका लागि यस्तो व्यवस्था गरिएको जनाएको छ । तर राहदानीबाहेकका परिचयपत्र बोकेर स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने र तेस्रो मुलुक जानेहरूले भने काठमाडौंस्थित भारतीय दूतावासमार्फत एनओसी लिनुपर्ने सूचनामा उल्लेख छ ।नयाँ स्वरूपको कोरोना भाइरस फैलिएपछि भारतबाट हुने उडानमा केही देशले प्रतिबन्ध लगाएसँगै नेपाल हुँदै तेस्रो मुलुकमा

हवाई यात्रा गर्ने भारतीयहरुको संख्या बढिरहेको छ । नेपालबाट तेस्रो मुलुकमा यात्रा गर्न केही दिन यता काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा एनओसी लिने भारतीयको घुइँचो लाग्ने गरेको छ ।

दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्न र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो ।

कोभिड–१९ को बढ्दो संक्रमणका कारण भारतबाट विदेश उड्न केही भिसालाई अस्थायी रूपमा रोक लगाएको, केहीमा प्रक्रिया लामो भएको र संक्रमणकै कारण अन्य मुलुकमा गएपछि प्रक्रिया झन्झटिलो बन्न सक्ने भएकाले भारतीयले नेपालको बाटो रोजेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय