बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अक्सिजन ग्याँस लिक हुँदा भारतमा २२ जना कोरोना संक्रमितको मृत्यु
भर्खरै

अक्सिजन ग्याँस लिक हुँदा भारतमा २२ जना कोरोना संक्रमितको मृत्यु

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

एजेन्सी । भारतको पश्चिमी राज्य महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा २२ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो ।

 

जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज बन्द गरिएको छ । तर, अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन बचेको छ । कम अक्सिजन आपूर्तिको कारण भेन्टिलेटरमा भएका मानिसहरु जीवित

रहन गाह्रो हुने उनले बताए । उनले अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कडा कारबाही हुने बताए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्ने क्रममा अक्सिजन लिकेज भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय