बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने
भर्खरै

नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएको छ ।

आज बुद्धनगरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरेको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन ।

बैठकमा पार्टीभित्रको आन्तरिक बिषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय भएको उनले बताइन ।

शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको उनले बताइन ।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता

माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय