आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नक्कली पीसीआर रिर्पोट भएको आशंकामा बैदेशिक रोजगारीमा हिडेका १२२ व्यक्ति विमानस्थलबाटै फर्काइए
भर्खरै

नक्कली पीसीआर रिर्पोट भएको आशंकामा बैदेशिक रोजगारीमा हिडेका १२२ व्यक्ति विमानस्थलबाटै फर्काइए

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

काठमाडौँ । वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १२२ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ ।

नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरूलाई विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

फर्काइएको यात्रु नेपाली र केही भारतीय छन् । उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।

बाँस्तोलाअनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो। यीमध्ये ७२ जना नेपाली, ४९जना

भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय