मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालगञ्ज उपमहानगरपालिकामा बैशाख १५ सम्म लकडाउन
भर्खरै

नेपालगञ्ज उपमहानगरपालिकामा बैशाख १५ सम्म लकडाउन

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

काठमाडौँ । कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन

केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।

लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय