काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको विभागको वेवसाइटमा उल्लेख छ ।