काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा हाल सम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधवार भारतमा २ लाख ९५ हजार ४१ जना कोरोना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा पुष्टि भएको यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।
केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा करिब ३ लाखको हाराहारीमा कोरोना संक्रमित पुष्टि हुन थालेका छन् ।
यसअघि सोमबार मात्रै भारतमा
हाल सम्मकै दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा ो संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको कुल संख्या १ करोड ५६ लाख १६ हजार १ सय ३० पुगेको छ ।
भारतमा १ करोड ३२ लाख ७६ हजार ३९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २१ लाख ५७ हजार ५ सय ३८ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८२ हजार ५ सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार २३ जनाको मृत्यु भएको छ ।