बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
भर्खरै

चितवनमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

पूर्वी चितवनको राप्ती नगरपालिकामा जिपको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नम्बरको बोलेरो जिपले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति

साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप र त्यसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय