शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • रामदानका अवसरमा सत्र सय कैदी जेलमुक्त
भर्खरै

रामदानका अवसरमा सत्र सय कैदी जेलमुक्त

  • सिधा दृष्टी बुधबार, बैशाख ८, २०७८ | April 21, 2021

मुसलमानहरूको पवित्र पर्व रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई जेलमुक्त गरेको छ ।

पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् मंगलबार रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ ।

इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद

भूक्तानी गरिसकेका कैदीहरूलाई बाँकी कैद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ ।

इजिप्टले रमादान र स्वतन्त्रता दिबस (जुलाई २३) का अवसरमा कैँदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन बर्षोँदेखि चल्दै आएको छ ।

इजिप्टको संविधानअनुसार शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैँदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय