बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राम-सीताको मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ
भर्खरै

राम-सीताको मूर्तिसहितको रथयात्रा अयोध्यातर्फ

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

चितवनको माडीस्थित अयोध्यापुरीमा प्रतिस्थापन गर्न राम-सीताको मूर्ति मंगलबार रथयात्रासहित त्यसतर्फ लगिँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई आाज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । त्यसपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै गन्तव्यतर्फ पठाइएको हो ।

गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो । अयोध्यापुरीमा रथ पुगेपछि बुधबार बिहान अभिषेकसहित प्रतिस्थापन गरिने जनाइएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री

भानुभक्त ढकाल र प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अतिथि सहभागी हुनुहुनेछ ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय