• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, बैशाख २६, २०७८ | Sunday 9th May 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गाउँमा देखेको गरिबीले यसरी पुर्‍यायो फोर्ब्सको सूचीमा
भर्खरै

गाउँमा देखेको गरिबीले यसरी पुर्‍यायो फोर्ब्सको सूचीमा

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021
yoho2

काठमाडौं । फोर्ब्सले हालै सार्वजनिक गरेकाे ३० वर्षमुनिका एसियाका ३० प्रभावशाली युवाहरुको सूचीमा नेपालका प्रकाश काेइराला पर्न सफल भएका छन् । २९ वर्षीय कोइराला फिनलिट नेपालका संस्थापक हुन् ।

उनी ‘फाइनान्स एण्ड भेन्चर क्यापिटलः इन्फ्ल्युन्सिङ हाउ मनी फ्लोज इन एसियाज इकोनोमी’ विधाअन्तर्गत उक्त सूचीमा परेका हुन् ।

१७ वर्षको कलिलो उमेरमा उनले भोगेको एक घटनाले आज उनलाई यो सफलतासम्म डोर्याएको छ । १२ वर्षअघि दसैं मनाउन आफ्नो पुरानो गाउँ पुग्दा उनले

Real Shoes 1

जे देखे, त्यहीँबाट उनले नयाँ अठोट लिए ।

‘मेरो पढाइ काठमाडौंमा थियो,’ कोइराला भन्छन, ‘तर, दसै सधैं गाउँमै (दोलखा, पावटी) मनाउँथ्याैं ।’

उनी त्यतिबेलाकाे घटना सम्झदै भन्छन, ‘गाउँमा नजिककै सानो भाइ थियो । राम्रो आर्थिक अवस्था नहुँदा उसको घरमा सँधैजसो झगडा हुने, छोरा छोरीलाई कुट्ने यस्तै घटना हुन्थे । त्यो दिन पनि त्यस्तै घटना भयो । याे घटना र त्यो भाइले आर्थिक अवस्थाका कारण सानो उमेरमा झेल्नुपरेको दु:खले मलाई धेरै नै छोयो ।’

त्यतिबेला यदि वित्तय शिक्षा हुने हो र राष्ट्रको वित्तीय प्रणालीमा समावेशिता ल्याउन र वित्तीय साक्षरतालाई बढाउन कार्यक्रम गर्नसक्ने भएको भए यस्ता समस्या आउँदैन थियो कि भन्ने उनको मनमा लागेको थियो ।

उनी भन्छन, ‘म पण्डितको घरमा हुर्किएको मान्छे । हजुरबुवाले अरुलाई सिकाएको, पढाएको देखेको थिएँ । हाम्राे परिवार शिक्षित छ भने अरु परिवारलाई पनि शिक्षित बनाउन सक्छ भन्ने लाग्याे ।’

उनको याे सोचाइ तत्कालै कार्यान्वयनमा आउन सम्भव थिएन । कारण उनको अध्ययन थियो । तर, पनि उनले त्यो घटनालाई भने कहिलै बिर्सिएनन् । जसले गर्दा उनले त्यसको केही वर्षपछि वित्तीय शिक्षामा स्वस्फुर्त रुपमा काम गर्न थाले । उनको ध्येय पिछडिएका बच्चाहरुलाई आर्थिक रुपमा सबल बनाउनु नै थियो ।

‘विश्व डिजिटल करेन्सीतर्फ मोडिएको छ । हाम्रो र हामीभन्दा पछाडिको पुस्ता आर्थिक रुपमा पिछडिएको अवस्थामा विश्व बजारमा हाम्रो अस्तित्व रहँदैन । त्यसैले पनि वित्तीय प्रणालीमा समावेशिता ल्याउन तथा वित्तीय साक्षरतामा काम गर्नुपर्ने आवश्यकता थियो ।’

यसपछि उनले पहिलो पटक बझाङको चैनपुरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरे । कुनै संस्था वा कम्पनी दर्ता नगरिकनै उनले स्वयमसेवक रुपमा याे अभियान सुरू गरेका थिए ।

कोइरालाले सन् २०१७ मा फिनलिट नेपाल नामक कम्पनीको सुरुवात गरे । यसपछि भने योजनावद्ध काम अगाडि सारे ।

विस्तारै उनी बैंकसँग जोडिन थाले । बैंक तथा विभिन्न वित्तीय संस्थासँगको सहकार्यमा उनले गाउँ-गाउँमा वित्तीय साक्षरतामा काम गर्न थाले ।

यही क्रममा उनले अमेरिकाको हावर्ड विश्वविद्यालयमा वित्तीय साक्षरतासँग सम्बन्धित नीतिगत अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे ।

त्यतिमात्रै नभएर उनले क्यानडाको एक विश्वविद्यालयमा पनि माइक्रोफाइनान्ससँग सम्बन्धित विषयमा केही समय अध्ययनका लागि छात्रवृत्ति पाए । विश्वका उत्कृष्ट विश्वविद्यालयमा वित्तीय साक्षरतासँग सम्बन्धित अध्ययनले पनि उनलाई अझ यो क्षेत्रमा काम गर्न हौसला मिल्दै गयो ।

उनले गाउँ-गाउँमा गएर वित्तीय साक्षरतामा मात्रै काम गरेनन्, उनको योगदान नीति निर्माण तहसम्म पुग्न थाल्याे । ‘मैले गाउँ-गाउँमा वित्तीय साक्षरता विस्तार गर्न राष्ट्र बैंकको परामर्शदाताको रुपमा पनि काम गरे ।’

वित्तीय साक्षरताको विषयमा हाल उनले बजारकाे मागअनुसारका कार्यक्रम अघि सारेका छन् ।

उनी भन्छन, ‘कोरोना भाइरसका कारण अब डिजिटल रुपमा काम गर्नुपर्ने अवस्था आएको छ । त्यसैले पनि डिजिटल वित्तीय साक्षरता र त्यसका लागि आवश्यक कन्टेन्ट निर्माणमा हामी काम गरिरहेका छौं । वित्तीय साक्षरता कति भएको छ, कति बाँकी छ भनी अध्ययन गर्ने काम पनि भइरहेको छ ।’

काेइरालासँगै खेलाडी गाैरिका सिंह पनि एसियाका ३० प्रभावशाली युवाहरुको सूचीमा शीर्ष ३० मा पर्न सफल भएकी छन् ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी

कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर,

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

रकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ किसानले लगाएको मकैवालीमा फौजी किराको आतंक

धादिङको बेनिघाटरोराङ गाउपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको संक्रमण फैलिएको छ । फौजी किराले मकैको बोट नाश गरेको किसानहरुले बताएका छन् ।

गाउपालिकाको वडा नं ८ को राक्सिराङ, जिर्वाङ, यार्वाङ, साचक, गोठीभन्ज्याङ, वडा नं ९

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक हुने भए पनि प्रधानमन्त्री ओलीले आज आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान

  • ७ घन्टा अघि
हिपत खबर
भर्खरै
शनिबार ३३ सय बढि संक्रमित कोरोना मुक्त : ८४१८ संक्रमित थपिए

देशभर थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर १७ हजार ३१५ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१जना गरी कुल ८ हजार

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ८ घन्टा अघि
हिपत खबर
भर्खरै
१९ सय पर्ने अक्सिमिटर ३५ सय भन्दा बढीमा बिक्रि गर्ने प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय पर्साले अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसएसपी

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
निषेधाज्ञा लगाउने जिल्लाको संख्या ६२ पुग्यो (सूचीसहित)

काठमाडौँ । कोरोनाको दोस्रो लहर रोक्नको लागि सरकारले ५१ जिल्लामा पूर्ण र ११ आंशिक रुपमा ६२ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म ६२ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।
तर, कोरोना

  • ९ घन्टा अघि
हिपत खबर
भर्खरै
चीनमा तडकभडकयुक्त जीवनशैली अपनाउने कम्युनिष्ट पार्टीका नेतामाथि कारबाही

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि कारबाही गरेको छ । यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
तुलसीपुरमा हेलिप्याड निर्माण

तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको छ ।

जटिल प्रकृतिका कोरोना संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन अस्वारास्थित तुलसीपुर आइसोलेसन सेन्टरमा हेलिप्याड निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

१९ नम्बर

  • १0 घन्टा अघि