मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राजाको स्वास्थ्यलाई लिएर सर्वत्र चिन्ता
भर्खरै

राजाको स्वास्थ्यलाई लिएर सर्वत्र चिन्ता

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

स्वदेश आगमन भएको दुई दिनपछि नै पूर्व श्री ५ ज्ञानेन्द्रको स्वास्थ्यस्थिति सर्वत्र चासो र चर्चाको विषय बन्यो । विभिन्न सञ्चारमाध्यममा राजदम्पतिलाई कोरोना सङ्क्रमण भएको समाचार सार्वजनिक भएपछि उहाँको सचिवालयमा सम्पर्क गर्दा यसबारे पुष्टि हुन सकेन ।

सचिवालयका अधिकारीहरूले ‘मौसुफ आराम गर्दै होइबक्सिन्छ, हामीलाई त्यस्तो केही जानकारी छैन’ भन्ने जवाफ दिए । मंगलबार साँझ ६ बजेसम्म यस सम्बन्धमा सचिवालय ‘अनभिज्ञ’ रहेको थियो । तथापि, उहाँका नातिनी कृतिका शाहले मंगलबार साँझ ५ बजे ‘शीघ्र स्वास्थ्यलाभको कामना हजुरबुबा, हजुरआमा’ लेखी ट्वीट गर्नुभएको छ

ज्ञातव्य छ, यही वैशाख ५ गते आइतबार उहाँहरू भारत भ्रमणबाट फर्कनुभएको थियो । प्राप्त जानकारीअनुसार नेपाल फर्कनुभन्दा ७२ घण्टाअघि नयाँ दिल्लीमा उहाँहरूको कोरोना परीक्षण गर्दा ‘नेगेटिभ’ देखिएको थियो । कोभिड-१९ को नेगेटिभ नतिजाको कागजपत्र साथमै राखेर उहाँहरूले नयाँ दिल्लीबाट काठमाडौंको यात्रा गर्नुभएको थियो ।

वैशाख ६ गते सोमबार दिउँसो राजाले कामकाज गर्नुका साथै आफ्नो सचिवालयका अधिकारीहरूसँग कुराकानी गर्नुभएको थियो । सोमबार पूर्व श्री ५ बाट भारत भ्रमण सम्बन्धमा धन्यवाद विज्ञप्तिसमेत जारी भएको थियो ।

भारतको हरिद्वारमा बाह्रवर्षे कुम्भ मेलाको प्रमुख अतिथिका रूपमा सहभागी हुन जानुअघि राजा, रानी र पूरै भ्रमण दलले काठमाडौंको सिद्धि पोलि क्लिनिकमा कोरोनाको पीसीआर टेष्ट गराएको थियो । राजदम्पत्तिको स्वास्थ डा. किशोर राणाले हेर्दै आउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय