शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय सांसद राहुल गान्धी पनि संक्रमित
भर्खरै

भारतीय सांसद राहुल गान्धी पनि संक्रमित

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

भारतीय कांग्रेसका सांसद राहुल गान्धीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो आफूलाई कोरोना पोजिटीभ भएको सामाजिक सञ्‍जालमार्फत जानकारी दिएका हुन् । साथै आफ्नो सम्पर्कमा आएका सबैजनालाई साबधानी अपनाउन उनले आग्रह गरेका छन् ।

 

यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी श्रीमतीलाई

पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै मुख्यमन्त्री केजरीवाल अहिले क्वारेन्टिनमा छन् ।

भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भारतमा कोरोनाका दुई लाख ६१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए भने १ हजार ७६१ जनाको संक्रमणको कारण मृत्यु भएको थियो ।

कोरोना संक्रमण बढेसँगै दिल्लीले एक सातालाई लकडाउनको घोषणा गरेको छ भने उत्तर प्रदेशमा पनि साताको दुई दिन लकडाउन गर्ने घोषणा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय