आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बस र ट्रक आपसमा ठोक्किँदा चालकको मृत्यु, चौबिस घाइते
भर्खरै

बस र ट्रक आपसमा ठोक्किँदा चालकको मृत्यु, चौबिस घाइते

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालकसहित २४ जना

घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय