शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बागलुङको एक विद्यालयमा ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि
भर्खरै

बागलुङको एक विद्यालयमा ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।

बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयमा स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन ।

मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्यालय बन्द नगरेको नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले बताउनुभयो ।

संक्रमण देखिएको विद्यालय भने भोलिबाट बन्द गर्न सिफारिस

गरिएको छ । यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय