मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
भर्खरै

बाँकेमा बैशाख ९ गतेबाट लकडाउन

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

काठमाडौं । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी बिहीबार(बैशाख ९ गते)बाट लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाका अनुसार जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरिसकेको छ। ‘लकडाउन गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेर पनि सिडिओ साबलाई सिफारिस गरिसकेको छ, कोरोना संक्रमण नियन्त्रण गर्नका लागि यो नै उत्तम विकल्प हो,’ उनले भने।

जिल्ला

कोभिड संकट ब्यवस्थापन समितिको बैठकमा उपस्थित अधिकांस सरोकारवालाले बाँकेमा अत्यधिक रुपमा कोरोना संक्रमण बढेकाले लकडाउन गर्नुको विकल्प नभएकोमा जोड दिएका थिए। पहिलो चरणमा एक साताका लागि लकडाउन गर्ने स्थानीय प्रशासनले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय