शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ६ कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द
भर्खरै

६ कर्मचारीमा कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१ का ६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

८ जना कर्मचारी मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिमलाई मध्यनजर राखेर परिस्थिति अनुकुल नभएसम्मका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

‘वडाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी छ,’ वडाध्यक्ष रिजालले भने, ‘यस्तो अवस्थामा सेवा दिन गाह्रो छ । अत्यावश्यक सेवा प्रदान

गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो खोजिने छ ।’

वडाध्यक्ष रिजालका अनुसार दुई जना कर्मचारीको रिपोर्ट शनिबार र चारजनाको रिपोर्ट सोमबार राति आएको बताए । संक्रमण पुष्टि भएका सबै जना कर्मचारी होमआइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय