शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मोडेल ग्यालरी
  • बलिउड अभिनेता सुशान्तको वायोपिक रोक्न माग
मोडेल ग्यालरी

बलिउड अभिनेता सुशान्तको वायोपिक रोक्न माग

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

मुम्बई ।बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ ।

यो उजुरी सुशान्तका पिताले दिएका हुन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सूचना जारी गरेको छ ।

आजतकमा प्रकाशित समाचारअनुसार हालै मात्र यो फिल्मको टिजर रिलिज भएको थियो । जसमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीलाई पनि देखाइएको थियो ।

फिल्ममा सुशान्तको भूमिकाको नाम महेन्द्र छ र यो भूमिकाका लागि जुबेर के खानलाई कास्ट गरिएको छ । फिल्ममा रियालाई

उर्वशी भनेर बोलाइएको छ । यो भूमिका श्रेया शुक्लाले निभाएकी छन् ।

टिजरमा एक अभिनेताले आत्महत्या गर्ने र त्यसपछि कसरी जाँच एजेन्सीहरु यो जंजालमा फँस्छन् भन्ने देखाइएको छ । टिजरमा अमन वर्मा, असरानी र शक्ति कपूर देखाइएको छ ।दिलीप गुलाटीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर बलिउडमा निकै बहस भइरहेको छ । यो फिल्म बनाउन सुशान्तको परिवारबाट कुनै किसिमको अनुमति लिइएको छैन ।

निर्माताले सुशान्तको मुद्धा पब्लिक डोमेनमा रहेकाले उनको बारेमा फिल्म बनाउन कसैको अनुमति आवश्यक नपरेको दाबी गरेका छन् । टिजर रिलिज भएपछि सुशान्तको परिवार निकै दुःखी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय