सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १७६१ जनाको मृत्यु
भर्खरै

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १७६१ जनाको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021
Coronavirus on scientific background

मृतकको अन्तिम संस्कारको लागि घण्टौँ कुर्नुपर्ने अवस्था !

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १७६१ जनाको मृत्यु भएको छ भने २ लाख ५९ हजार १७० जना थप संक्रमित भएका छन् । कोभिड महामारीको दोस्रो लहर शुरु भएयता भारतमा एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ ।

भारतमा हालसम्म १ लाख ८० हजार ५३० जनाको कोरोनाका कारण ज्यान गएको छ भने अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ५३ लाख २१ हजारभन्दा धेरै

रहेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मृतकको संख्या ह्वात्तै बढेपछि मृतकको अन्तिम संस्कारको लागि घण्टौँ कुर्नुपर्ने अवस्थासमेत सिर्जना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसै क्रममा भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका ८८ वर्षीय सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

सिंहलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको सम्बद्ध अधिकारीहरूले जनाएका छन् । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि नै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको ‘स्पुत्निक-भी’ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सरकारले सवै बयस्कहरुलाई मे महिनादेखि खोप लगाउन थाल्ने भएको छ । यसअघि प्राथमिकता क्रममा परेकाहरुलाई खोप लगाउदै आएकोमा अव बयस्कहरु सबैलाई खोप लगाइने भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय