मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति
भर्खरै

संसद् अधिवेशन स्थगन गरिएकोप्रति कांग्रेसको आपत्ति

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

विपक्षीले संसदको सदुपयोग गर्न नसकेकोले संसद् अन्त्य गरिएको सरकारको भनाइ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । वैशाख ७ गते (आज) प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले

जानकारी दिएका छन् ।

यसरी सरकार संसदबाट भागेको आरोप प्रमुख प्रतिपक्षी दलले लगाउँदै गर्दा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चाहिँ संसदबाट सरकार परिवर्तनका लागि दलहरूलाई अवसर दिइएको भए पनि विपक्षीबाट त्यसको सदुपयोग हुन नसकेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको प्रतिक्रिया दिएका छन् । बढ्दो कोरोना सङ्क्रमण तथा संसद्को गतिविधिलाई नै अगाडि बढाउन नदिने केही दलका गतिविधिका कारण पनि सरकारले अधिवेशन अन्त्य गरेको उनको भनाइ छ ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि विभिन्न प्रतिक्रिया सार्वजनिक भएको सन्दर्भमा सरकारका प्रवक्ता गुरुङले संसद्सँग ‘विजनेस’ नभएकाले धेरै अगाडि स्थगितका लागि सिफारिस गर्नुपर्थ्यो, तर सरकार परिवर्तन गर्ने र प्रधानमन्त्री बन्न रहर भएकालाई अवसर दिइए पनि सरकार परिवर्तनका लागि कुनै गतिविधि नगरेको र समर्थन फिर्ता लिन चाहनेले पनि नलिएकाले स्थगित गरिएको भन्ने तर्क दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, ‘संसद्मा अविश्वासको प्रस्ताव आउँछ भनेर सरकार भागेको होइन, अविश्वासको प्रस्ताव छल्नका लागि संसद् स्थगित गरिएको पनि होइन ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय