मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
भर्खरै

नेपाल र नेदरल्याण्ड्स आज खेल्दै

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आज हुँदैछ । शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल र नेदरल्याण्ड्स दोस्रोपटक खेल्न लागेका हुन् ।

यसअघि उदघाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यसपछि नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराउँदै पहिलो जित हात पारेको थियो । नेपालले सोमबार मलेसियालाई पनि ९ विकेटले हराउँदै दोस्रो जित हात पारेको थियो ।

घरेलु टोली

नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । उता नेदरल्याण्ड्स पहिलो हारको बदला लिने दाउमा हुनेछ ।

मलेसियालाई हराउँदै लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक डेभ वाटमोरले नेदरल्याण्ड्ससँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।

डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालले पछिल्ला दुई खेलमा नेदरल्याण्ड्सलाई हराएको छ । साथै घरेलु मैदानमा खेल्दा नेपालको नोबल उच्च हुनेछ ।

तर नेपालमा कोभिड-१९ को बढ्दो असर कम गर्न नेपाल सरकार मन्त्रिपरिषद बैठकले सोमबार सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरु उपस्थित नहुन, दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेपछि नेपाल क्रिकेट संघले त्रिकोणात्मक सिरिजको बाँकी खेलहरुमा दर्शक प्रवेश निषेध गरेको गरेको छ । त्यसैले अब नेपालले दर्शकबिनै खेल्नुपर्ने छ ।

नेपाल र नेदरल्याण्ड्स अहिलेसम्म ७ पटक टी-२० अन्तर्राष्ट्रियमा खेलेका छन् । जसमा दुवैले समान ३ खेल जित्दा एक खेलमा नतिजा आएको थिएन ।

समग्रमा भने यी दुई टोलीले एकआपसमा ९ टी-२० खेल खेलेका छन् । जसमा नेदरल्याण्ड्सले ५ खेल जितेको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय