शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राजस्थान रोयल्समाथि चेन्नईको दोस्रो जित
भर्खरै

राजस्थान रोयल्समाथि चेन्नईको दोस्रो जित

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले दोस्रो जित निकालेको छ । सोमबार साँझ भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन ४३ मात्र बनायो ।

राजस्थानका जस बटलरले सर्वाधिक ४९ रन जोडे । उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए । जयदेव उनादकटले १७ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाए

त्यस्तै राहुल टेवाटियाले २०, शिवम दुबे १७, मनन बोहराले १४ रन जोडे । चेतन साकरिया र मुस्तफिजुर रहमान शुन्य रनमै आउट भए ।

बलिङतर्फ चन्नईका मोईन अलीले तीन विकेट लिए । साम करन र रबिन्द्र जडेजाले दुई विकेट लिए । ड्वेन ब्रावो र शार्दुर ठाकुरले १-१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।

यो जितसँगै चेन्नई ३ खेलमा २ मा जित र १ मा हार सहित चार अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

दिल्ली र मुम्बईको समान ३ खेलमा २-२ मा जित र १-१ मा हारका साथ समान ४ अंक भएपनि नेट रनरेटले दिल्ली तेस्रो र मुम्बई चौथो स्थानमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय