बुधबार, अशोज १७, २०८० | Wednesday 4th October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो
भर्खरै

इंग्लिस प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो

  • सिधा दृष्टी मङ्लबार, बैशाख ७, २०७८ | April 20, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लिभरपुलले लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो ।

लिभरपुलका लागि साडियो मानेले गोल गरे भने घरेलु टोलीका डिएगो लोरेन्टेले बराबरी गोल फर्काएका थिए । मानेले पहिलो हाफमा गोल गर्दा लोरेन्टेले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए ।

खेलको ३१औं मिनेटमा साडियो मानले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर अर्नोल्डको पासलाई सदुपयोग गरेका थिए ।

८७औं मिनेटमा

डिएगो लोरेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ज्याक ह्यारीसनको पासमा गोल गरेका थिए ।

यो बराबरीसँगै ३२ खेलबाट ५३ अंक जोड्दै लिभरपुल छैटौ स्थानमा यथावत रहेको छ । लिलिड्स ३२ खेलबाट ४६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय