अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेकपा मसाल लगाएतका साना दलको मोर्चाले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।
यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’,लेखिएका व्यानर
प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना अघि बढाउन बिभिन्न दलसंग छलफल गरेपछि साना दलहरुले यसको बिरोध गरेका हुन् ।