आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
भर्खरै

बोक्सीको आरोपमा निर्घात कुटपिट

  • सिधा दृष्टी सोमवार, बैशाख ६, २०७८ | April 19, 2021

बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् । उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसारी, सरफुद्दिन अंसारी र मोजिबुल अंसारीले बोक्सी भन्दै आज कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको बताइएको छ । कुटपिटबाट उनको टाउको, अनुहार सुन्निएको छ भने जीउभरी निलडाम देखिएको छ ।

आज बिहान पीडितका कान्छो छोरा

गुलाम अंसारी टोलमा खेलिरहेको बेला उनीहरुले निहुँ बनाएर पहिला उनलाई कुटपिट गरेको थियो । पछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।

आमासँगै अहिले दुवै छोरा पनि जिल्ला अस्पताल जलेश्वरमा उपचार गराइरहेको छ भने आमाको अवस्था गम्भीर रहेको छ । कुटपिट गर्नेहरुकोे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय